|

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न भोलि बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो। 

बैठक पार्टी सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.