|

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेको छ। कांग्रेस र एमालेबीच रातारात सत्ता सहकार्यको सहमति भएकोप्रति टिप्पणी गर्दै सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले यसलाई तानाशाही प्रवृत्ति र चरम अवसरवादको संज्ञा दिएका हुन्। 
 

नेकपा एस दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ। महाधिवेशनस्थलबाटै नेता खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो।’

नेकपा समाजवादीले यसलाई लोकतन्त्रका निम्ति पनि खतराका रूपमा औल्याएको छ। नेता खतिवडाले संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा पनि अमान्य रहेको बताए। 

‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणाली कमजोर पार्ने काम भएको छ’, उनले भने, ‘सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्य छैन। यो अधिकार अमुक दललाई छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.