|

काठमाडौं : संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ। 

बैठकमा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध प्राप्‍त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।  

असार २  गते बसेको संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई आयोगको आयुक्त सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा असार ७ गते १० दिनको समय दिएर प्रधानविरुद्ध उजुरी आह्वान भएको थियो। यो अवधिमा प्रधानमाथि समितिमा चारवटा उजुरी परेका छन् । 

उनीमाथि यौन दुर्व्यवहारको गम्भीर आरोपसहितको उजुरी परेको हो।  प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्न प्रमुख तीन दलले साझा सहमति जुटाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.