|

बैतडी : पहिरोले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ।

बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुरनजिकै ठूलो पहिरो गएपछि गएराति सडक अवरुद्ध बनेको थियो।

विहानैदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेशिन प्रयोग गरी अपराह्नपछि राजमार्ग फेरि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

वर्षातका समयमा पहिरो जाँदा वेलावेला सडक अवरुद्ध बन्दै आएको छ। 

आइतवार पनि दुईपटक पहिरो गएको थियो। साँझ खुलेको थियो। आइतवार राति गएको पहिरो हटाएपछि सोमवार अपराह्न खुलेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.