काठमाडौं : चार संसदीय समितिको बैठक बुधबार बस्दैछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा अंगदान र प्रत्यारोपणसम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ।
यसैगरी, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या र चुनौतीबारे छलफल हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।