|

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपांग्रे सवारीसाधनको पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।

विशेष गरी महानगरपालिका भित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिती क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् ।

त्यस्तै गरि संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनिसकेको छ । 

सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौं महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएको छ । 

 यसरी गल्ली र चोकहरूमा पार्किङ गर्नाले हिड्ने सर्वसाधारणलाई असर परेकै छ भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यस कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ । 

यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ तर सुविधाको भोगी हामी नेपाली एक पाइला हिँड्ने चेष्टा समेत गर्दैनौं ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.