|

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बुधबार पीडितसँगहरूसँग छलफल सुरु गरेको छ। सिंहदरबारस्थित संसदको सार्वजानिक लेखा समितिको हलमा जारी बैठकमा २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएर समितिले छलफल गरिरहेको हो।

समिति सदस्य लेखनाथ दाहालका अनुसार समितिले एक महिनाको अवधिमा विभिन्न सरोकारवालासँग अन्तरक्रिया मात्रै गरेको छ।

बुधबारदेखि पीडितसँग छलफल गरी समस्याको खोजी र समाधानका उपायबारे केन्द्रित हुने दाहालले बताए। छानबिन समितिले ३ महिनाको समय पाएको छ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानूनबमोजिम प्रक्रिया पूरा भए/नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी  दिइएको छ।

बैठकका केही तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.