|

काठमाडौँ : एशिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले लगातार दोस्रो हार बेहोरेको छ।

आज भएको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल श्रीलंका डेभलपमेन्ट-११ सँग ४ विकेटले पराजित भएको हो।

जितका लागि नेपालले पहिले ब्याटिङ गर्दै दिएको १०७ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा भेट्टायो। 

उसका लागि एन सेनारत्नेले २७ रन र एस सान्दिपनीले १९ रन बनाए।

नेपालका लागि सबनम राईले ९ रन दिएर १ विकेट र कविता जोशीले ११ रन खर्चेर १ विकेट लिए।

त्यसअघि  पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रनमात्र बनाएको थियो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २९ रनको योगदान गरिन्। इन्दु वर्माले २८ रन जोडिन्। 

श्रीलंकाका लागि देमी विहंगाले २० रन दिएर ३ विकेट र एस सान्दिपनीले १३ रन दिएर २ विकेट लिए।

पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.