काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले आज बस्नेतलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएको हो।
उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।