|

काठमाडौं : मनसुन सुरु भएयता पछिल्ला दिनहरूमा प्राय देशभर वर्षा भइरहेको छ। यसैक्रममा बिहीबार बिहान देशभर साधारणता बदली रहनुका साथै काठमाडौं उपत्यकामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानहरूमा वर्षापछि बाढी, पहिरो र डुबानले धनजनको क्षति भइरहेको छ। त्यस्तै, विभिन्न बस्ती नै जोखिममा परेका समाचारहरू पनि आइरहेका छन्।

यसैक्रममा काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि पानी परेको हो। वर्षासँगै यहाँका मानिसहरू कोही छाता ओढेर त कोही रेनकोट लगाएर आ-आफ्नो दैनिकीमा व्‍यस्त देखिन्थे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.