|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत मागेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका हुन्। अहिले प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफल भइरहेको छ।

त्यसपछि प्रधानमन्त्री दाहालले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मत निर्णयार्थ पेस गर्ने कार्यतालिका छ।

 ‘प्रचण्ड’ ले १८ महिनामा पाँचौँपटक विश्वासको मत मागेका हुन्। नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका थिए।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि विभिन्न समयमा गरी उनले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्।

केही तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.