|

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका सर्बियाका समकक्षी एलेक्सान्डर भुकिकले कायरोमा दुई देशबीच सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। व्यापार, लगानी, सूचना तथा सञ्चार प्रविधि, पुरातात्विक वस्तु तथा सङ्ग्रहालय, भन्सार र रोजगारीका विभिन्न क्षेत्रलाई समेट्ने समझदारीमा दुई नेताबीच कायरो र बेलग्रेडबीचको सहकार्यलाई बढावा दिने विषयमा भएको वार्तापछि हस्ताक्षर भएको हो।

इजिप्टका राष्ट्रपतिले आफ्नो ऐतिहासिक मित्रतालाई सुदृढ गर्न दुवै देशको पारस्परिक हितमा जोड दिए। सर्बियाली राष्ट्रपतिले कायरोमा हस्ताक्षर गरिएका सम्झौताहरूले दुई देशहरू बीचको व्यावसायिक, आर्थिक र औद्योगिक सहयोगको सम्बन्धलाई बलियो बनाउन योगदान गर्ने बताए। आउँदो अवधिमा इजिप्टमा सर्बियाका लगानीकर्ताहरूको भ्रमण बढ्दै जाने र सर्बियामा इजिप्टका लगानीकर्ताहरूलाई स्वागत गर्ने बताए।

दुई नेताले युक्रेनी संकट, सुडान र लिबियाको घटनाक्रम र गाजा पट्टीको वर्तमान द्वन्द्वलगायत विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.