काठमाडौं : चितवनको सिमालतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी कार्य आइतबार पनि बिहानैदेखि जारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले आइतबार बिहानैदेखि खोजी कार्य सुरु गरेका हुन्। नदीमा पानीको सतह केही घटे पनि यात्रु (पाँच जनाको शव बाहेक) बस अझै भेटिएका छैनन्।
आइतबारै भरतपुर महानगरपालिका मेयर रेनु दाहाल घटनास्थलको निरीक्षण गरेकी छन्। नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटना स्थलमा ३ जना गोताखोरको सहेतले खोजी गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालको चितवनको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोर सहितका टोलीहरुले आज चितवनको घुमाउनेबाट खोजी कार्य सुरु गरी सकेको छ भने पानीभित्र क्यामेरा पठाएर खोज्ने कार्य समेत सुरु भएको छ।
सो क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले जानकारी दिए। चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानपख दुईवटा यात्रुबस र त्यसमा यात्रारत करिब ६० जना यात्रु पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता छन्।
खोजी कार्यका केही तस्वीरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।