काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। जसपाले पुरानै मन्त्रीलाई दोहो¥याएको छ। जसअनुसारप्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन्।
यादव प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने सुडी वन तथा वातावरणमन्त्री बनेका थिए। अहिले यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिने टुंगो लागेको जसपाका महासचिव इस्तियाक राईले जानकारी दिए।
अशोक राई नेतृत्वको जसपाले दुईवटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।