काठमाडौँ : हुण्डी कारोबारमा पक्राउ परेका व्यापारी नरेश अग्रवाललाई साढे दुई वर्ष कैद सजाय भएको छ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई २ वर्ष ६ महिना कैद र २ करोड ५४ लाख ३४ हजार जरिवाना हुने फैसला सुनाएको हो।
उनीबाट १ करोड ३ लाख ८४ हजार रुपैयाँ जफत गर्नेसमेत फैसला भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले थाहाखबर जानकारी दिए।
उनका अनुसार अर्का प्रतिवादी दीपक शाह ठकुरीलाई २ वर्ष कैद, २ करोड २४ लाख ७ हजार जरिवाना र ३३ लाख जफत हुने फैसला भएको छ।
यस्तै, भ्रष्टाचार मुद्दामा काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई पनि साढे २ वर्ष कैद हुने फैसला भएको छ। विशेष अदालतले उनलाई कैद सहित १५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
घरबाटो सिफारिस गर्नका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई गत माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।