|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन्। 

ओलीले सामाजिक सञ्जाललमा आज बिहान एक स्टाटस लेख्दै भनेका छन्, ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाइका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु।’

गत सोमबार ४५औँ प्रधानमन्त्री बनेका ओलीलाई शुभेच्छुकहरु बधाइ दिन बालुवाटार पुगेका छन्। मंगलबार दिनभर पनि उनी बधाई थाप्नै व्यस्त रहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.