|

काठमाडौं : कास्कीको पोखरास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ घर भई पोखरा-८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिम्खडाको मृत्यु भएको हो।

पोखरा-२३ को घाँटीछिनामा पर्ने हर्पन खोलामा मंगलबार दिउँसो डुबेर बेपत्ता सिम्खडाको शव वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर कालिकाबाट खटिएको टोलीले साढे ३ बजे फेला पारेको थियो। 

शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.