|

इलाम : बार्सिलोनाका फ्यानहरूले फरवार्ड निको विलियम्सलाई अनुबन्ध गर्न ला लिगा पक्षलाई समर्थन गर्ने प्रयासमा क्लबको आधिकारिक टिकटक खातामा प्रतीकात्मक रकम योगदान गरिरहेका छन्। 

युरो कप विजेता बनेसँगै २२ वर्षीय एटलेटिक बिल्बाओ विङ्गर शीर्ष युरोपेली क्लबहरूको लागि प्रमुख स्थानान्तरण लक्ष्य बनिरहेका छन्। 

उनी युरोपियन च्याम्पियनसिपमा स्पेनको ७ खेल जित्ने दौडमा सबैभन्दा रोमाञ्चक खेलाडीमध्ये एक थिए। 

फाइनलमा इङ्ल्यान्डमाथि स्पेनको २–१ को जितमा शुरुवाती अग्रता दिलाएका विलियम्सले बार्सिलोनाका फरवार्ड लामाइन यामलसँगै उत्कृष्ट साझेदारीसमेत गरेका थिए। 

फाइनल खेलमा उनी म्यान अफ दि म्याचसमेत बने। बार्सिलोनाका फ्यानहरू अहिले यमाल–विलियम्स आक्रमणकारी जोडीको लागि उत्सुकताका साथ जोड दिइरहेका छन्। 

क्याटलान क्लब पछिल्लो समय आर्थिक चुनौतीको सामना गरिरहेको छ। त्यसैले समर्थकहरूले टिकटकमा आर्थिक सहयोग गरेका हुन्। 

‘साइन निको, हामीलाई १०० प्रतिशत निको चाहिन्छ’ बार्सिलोनाको सबैभन्दा भर्खरको टिकटक भिडियोहरूमा चन्दासहितका केही टिप्पणीहरू हुन् ।

ट्रान्सफर मार्केटअनुसार विलियम्सको हालको बजार मूल्य ७० मिलियन युरो हो। जबकि स्पेनिश प्रेसले एटलेटिकले उनको रिलीज शुल्क ५८ मिलियन तय गरेको बताएका छन्। 

बार्सिलोना फ्यानहरूको सदभावनाको बावजुद टिकटकमा गरिएको सहयोग क्लबका लागि धेरै उपयोगी हुने छैन। किनकि ती सहयोग ६ सेन्टदेखि १ यूरोसम्मका छन्। 

ला लिगामा दोस्रो स्थानमा रहेको र गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको क्याटलान क्लब बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अहिलेसम्म कुनै पनि खेलाडीलाई अनुबन्ध गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.