|

काठमाडौं : नेपाली महिला राष्ट्रिय भलिबल टोलीले आज रुसी महिला टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। 

हिजो भएको पहिलो खेलमा ३–० को सोझो सेटमा पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसहित मैदान उत्रिने लक्ष्यमा छ।  हिजो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले १७–२५, १९–२५ र १५–२५ ले हार व्यहोरेको थियो। 

काभा नेशन्स लिग महिला भलिबलको तयारीका लागि रुसी टोलीसँग मैत्रीपूर्ण खेल खेलेको नेपालको रिसिभ, ब्लक र सर्भिस कमजोर देखिएको थियो। 

काभा नेशन्स लिग साउन १९ देखि काठमाडौंमा हुँदैछ। उक्त प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स सहभागी हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.