काभ्रेपलाञ्चोक : वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ। काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो।
अवरुद्ध रोशी-मंगलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।
सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ।
गत असार अन्तिम साता पनि यो सडकखण्ड अवरुद्ध भएको थियो। स–साना पहिरो ग्इरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटर ‘स्याण्ड बाई’ राख्दै आइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।