सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभामा प्रतिपक्षमा पुगेको छ। सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा पुगेको हो।
संघीय सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो। प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए।
अब कर्णालीमा नेपाली र एमालेबीच सत्ता सहकार्य हुनेछ। सरकारमा सहभागी हुने विषयमा मंगलबारदेखि छलफल शुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेश सभाका सदस्य वेदराज सिंहले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।