कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया शुरु गरेको छ। पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।
गाउँपालिकाले आधारभूत तह (१–५०) का लागि १८, आधारभूत तह (६–८) का लागि १० र माध्यमिक तह (९–११) का लागि चार र माध्यमिक तह (११–१२)का लागि ६ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अंकका आधारमा विद्यालयमा प्रधानाध्यापक छनोट गर्ने सूचनामा जनाइएको छ।
प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।