|

बैतडी : बैतडीका स्थानीय तहले सरकारबाट प्राप्त रकम खर्च गर्न नसक्दा १० वटै स्थानीय तहबाट गत आव २०८०।८१ मा २५ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ फिर्ता भएको छ।

यहाँका सबै स्थानीय तहमा २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।

पाटन नगरपालिकाबाट ४ करोड ७७ लाख ८३ हजार ११० रुपैयाँ र दोगडाकेदार गाउँपालिकाबाट ३ करोड ५४ लाख ९९ हजार ७५८ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ।

दशरथचन्द नगरपालिकाबाट २ करोड ९९ लाख २४ हजार ७२५ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ।

पुर्चौडी नगरपालिकाबाट ९० लाख १५ हजार ५२६ रुपैयाँ र मेलौली नगरपालिकाबाट २ करोड ७२ लाख ७० हजार ६४० रुपैयाँ फिर्ता भएको छ। डिलाशैनी गाउँपालिकाबाट ६८ लाख ७२ हजार २८२ रुपैयाँ फिर्ता भएको छ।

पञ्चेश्वर गाउँपालिकाबाट १ करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ र शिवनाथ गाउँपालिकाबाट गत आवमा ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैयाँ फिर्ता भएको छ।

सिगास गाउँपालिकाबाट १ करोड ५५ लाख ६ हजार ४६९ रुपैयाँ र सुर्नया गाउँपालिकाबाट २ करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ।

सशर्त, समपूरक र विशेष अनुदान अन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकाले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए। ठेक्काप्रक्रियाबाट योजना निर्माण हुने गर्दा घटाघटीमा ठेक्का गर्दा निर्धारित बजेट बच्न जाने र बचेको उक्त बजेट फेरि खर्च गर्न नमिल्ने भएर फिर्ता जाने गरेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.