काठमाडौँ : यो साता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज नेप्से परिसूचक २७ दशमलव ३२ अंकले घटेर २ हजार ५३६ दशमलव ११ को विन्दुमा कायम भएको हो।
आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह १ दशमलव १६ र होटल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ३ दशमलव ०९ प्रतिशतले घटेको छ।
बैंकिङ १ दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत् १ दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन १ दशमलव २४ र लघुवित्त १ दशमलव २४ प्रतिशतले घटेको छ।
म्युचुअल फन्ड शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह १ दशमलव ९० प्रतिशतले घटेको छ।
बोटलर्स नेपाल (तराई) लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ७ लाख ४६ हजार ४५२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १३ लाख ७६ हजार ७९४ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।