|

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि शुक्रबार जनकपुरधाम आइपुगेका छन्।

अध्यक्ष राउतलाई जनकपुरधाम विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियालगायत पार्टीका नेताकार्यर्ताले भव्य स्वागत गरेका छन्।

पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा शुरु हुँदै छ। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय आदिका विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले बताए। 

जनमतको केन्द्रीय सचिवालय १७ सदस्यीय छ। पार्टी प्रवक्ता डा. शरद यादवका अनुसार सचिवालय बैठक सकिएको भोलिपल्ट मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्यसहितको बृहत् बैठक बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.