|

पर्वत : कोभिड-१५ सङ्क्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसायमा पनि परेको छ। पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या बढेको छ। 

गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा १९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा २३६ वटा बन्द भएका छन्। पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा १०७ खारेज भएका छन्। १०१ वाणिज्य फार्म दर्ता भएकामा १२९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए। 

पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म तीन हजार ४२६ उद्योग र तीन हजार २७५ वाणिज्य फार्म रहेकामा आव २०८०/८१ को अन्त्यमा घटेर तीन हजार ४१३ उद्योग र तीन हजार २४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए। एकै वर्षमा ४७ उद्योग बन्द भएका छन्। 

आर्थिक मन्दी, युवाशक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ। उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर बी पौडेलले बताए। व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनले बताए।

लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ। कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ। कोरोना सङ्क्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो। 

पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए । दुई ७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.