काठमाडौँ : चितवनको सिमलतालबाट पहिरोसँगै खसेर हराइरहेको बस खोज्न प्रयोग भएको चुम्बक नै त्रिशूलीले बगाइदिएको छ।
त्यहाँ आज अपराह्न बस पत्ता लगाउन प्रयोग गरिएको १४ किलो र १९ किलोका २ मध्ये १९ किलोको चुम्बक भने नदीले बगाइदिएको हो।
उक्त चुम्बक भारतबाट मगाइएको थियो। अहिले भारत र नेपालको खोज तथा उद्धार टोलीले बस र यात्रुको खोजी गरिरहेको छ।
अहिले चुम्बकको खोजी भइरहे पनि पत्ता लाग्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ। गएको असार २८ गते यहाँ पहिरोसँगै दुईवटा बस खसेर बेपत्ता भएको थियो।
बसमा सवार ३८ यात्रुको अवस्था अझै अज्ञात छ। २४ जनाको शव निकालिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।