|

जनकपुरधाम : मधेश सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्म भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबारदेखि शुरु भएको सचिवालय बैठक मधेश सरकारलाई अझ चलायमान बनाउन पार्टीका तर्फबाट चारबुँदे सुझावसहितको निर्णय गर्दै शनिबार बैठक सम्पन्न भएको छ।

बैठकमा खासगरी मधेश सरकार कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको जनमत पार्टीको सचिवालयले जानकारी दियो।

पार्टी प्रवक्ता डा.शरद सिंह यादवले भने‚ ‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले नेतृत्व गरिरहेको मधेश सरकारले कार्यभार सम्हालेको करिब ४९ दिनमा के कतिको प्रगति गर्‍यो ? जनताका समस्यामा कतिको काम गर्‍यो र सरकार सञ्चालन गर्दा के-के समस्या देखा परे भन्नेमा छलफल केन्द्रित थियो।’ 

प्रवक्ता यादवका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेश सरकारको ४५ दिनसम्म भएको गतिविधिबारे समीक्षा भएको थियो। त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको छ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथिति सुधार गर्दै सुशासन कायम गर्न मुख्यमन्त्री सिंहलाई निर्देशन दिइएको छ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता डा. यादवले बताए। 

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथिति सुधार्दै सुशासन कायम गर्न मुख्यमन्त्री सतीशकुमार सिंहलाई निर्देशन दिएको छ।

जनमतका अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा उक्त बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.