काठमाडौं : प्रभु बैंकले बाग्लुङमा एकैपटक चार शाखा विस्तार गरेको छ।
बैंकले ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउँपालिका-५, निसी, वडिगाड गाउँपालिका-२, खरबाङ र वडिगाड-७, भिमगिठे बाग्लुङमा चार शाखा खोलेको हो।
शाखाहरूको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष श्री देवीप्रकाश भट्टचनले सोमबार गरे।
नयाँ शाखामार्फत् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुर्याएको दाबी समेत बै्रकले गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।