काठमाडौं : मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ। काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ।
काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ। जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ। नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ। यसरी उपत्यकाका नदी किनारका बस्तीहरूमा बाढी पसेको यो पहिलो घटना भने होइन। विगतका वर्षहरूमा पनि यहाँका बस्तीहरूमा बाढी पस्ने गरेको हो। यद्यपि, उनीहरूको बसोबास गर्ने स्थान नै त्यहीँ भएकोले बाढीको पानी र लेदो पन्साएर पुन: त्यहीँ बस्न उनीहरू बाध्य छन्।
नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन्। कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन्। नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ। जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।