|
फाइल तस्वीर

काठमाडौँ : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा तेस्रो खेलमा पनि पराजित भएका छन्।

समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए। १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए।

२० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए। समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि २–० सेटमा हारेका थिए।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी ७ जना खेलाडीमध्ये ६ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह बाहिरिइसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.