काठमाडौँ : उपत्यकाको तीन जिल्लामा गएराति आएको वर्षापछिको बाढी र डुवानबाट प्रभावित ७० जनाको उद्धार गरिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँबाट १८, ललितपुरबाट २४ र भक्तपुरुबाट २८ जनाको उद्धार गरिएको जानकारी दिए।
उनले राति ठाउँठाउँबाट प्रहरी टोली परिचालन गरी उद्धार गरिएको बताउँदै उपत्यका भएर बग्ने सबै जसो नदी खोलामा बाढीको उच्च बहाव हुँदा किनारका धेरै क्षेत्र डुबानमा परेको जानकारी दिए।
राति परेको भारी वर्षापछिको बाढीमा परेर काठमाडौँमा आज एक जनाको मृत्यु पनि भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।