|

ललितपुर : उसुका चार राष्ट्रिय रेफ्रीले आइडब्लुयुएफ अन्तर्राष्ट्रिय निर्णायकको तालिम तथा आधिकारिकता पाउने कोर्स पूरा गरेका छन् । 

जुलाई २६ देखि अगष्ट १ सम्म चिनमा सञ्चालित अन्तराष्ट्रिय निर्णायक कोर्समा थाउलुतर्फ २ र सान्सौतर्फ २ गरी ४ जना उत्तीर्ण भएको नेपाल उसु महासंघले जनाएको छ।

थाउलुतर्फ करुणा महर्जन र राजेन्द्र बुढाथोकी तथा सान्सौतर्फ गोविन्द शाही र बलबहादुर वलीले कोर्स पूरा गरेको महासंघले जनाएको छ। उनीहरूले ‘बी ग्रेड’ लाइसेन्स पाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.