काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ ।
पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन्।
उनीहरू सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन्। सरकार संवेदनशील नभएको उनीहरुको भनाइ छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो वचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।