|

साँगा : काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। पुलिस स्कुलले आयोजना गरेको सो प्रतियोगिता आइतवारसम्म हुनेछ।

प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका ११९ खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गरे। प्रतियोगितामा यू–११, यू–१३ र यू–१६ वर्ष उमेर समूहका छात्रछात्राले ६ विधामा प्रतिस्पर्धा गर्ने स्कुलका प्राचार्य माहेन पौडेलले जानकारी दिए। 

आयोजकका अनुसार संघको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो।

उद्घाटनका अवसरमा स्कुलका विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.