काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यको उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताएकी छिन्।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको तुल्सीलाल अमात्यको २७औँ स्मृति दिवसको कार्यक्रममा उनले नेपाली राजनीतिमा हाल देखापरेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरणको भइरहेको बेला तुल्सीलाल अमात्यले जीवन पर्यान्त सिद्धान्त र आन्दोलनप्रति दर्शाउनुभएको त्याग, आदर्श, आचरण, सादा जीवनशैली र अध्यनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिइन्।
उनले नेता अमात्यले आजीवन गाउँका निमुखा किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाउनुभएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनैपर्ने अपरिहार्य गुणका रूपमा लिन सकिने बताइन्।
उनले २००९ सालतिर तुल्सीलालको अगुवाइमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको उल्लेख गर्दै लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रूपैयाँ बराबरका जाली तमसुक च्यात्ने काम भएको स्मरण गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।