भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट हाईटस्थित बीच सडकमै भ्वाङ परेको छ। सडकमा झण्डै १० फिट गहिरो भ्वाङ परेपछि स्थानीय त्रसित बनेका छन्।
सम्भावित दुर्घनाबाट जोगाउन अस्थायी रुपमा सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले सडक निरीक्षण गरेर भ्वाङ पुर्न सडक डिभिजन कार्यालय भक्तपुरलाई आग्रह गरेको बताए।
प्राविधिक टोली र ठेकेदार कम्पनीलाई बोलाएर छलफल गरेको उनको भनाइ छ । सल्लाघारी दुवाकोट वीर अस्पताल सडक खण्डको दुवाकोट हाइटमा सडक भासिँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ।
ठेकेदार कम्पनी रनिङ्गमै भएकाले सडकको जिम्मा उसैको भएको भन्दै यसको मर्मत ठेकेदार कम्पनीले नै गर्नुपर्ने सडक डिभिजन कार्यालय भक्तपुरको ठहर छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।