|

सुर्खेत : कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ।

प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहका अनुसार घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा राजिवविक्रम शाह, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सिफारिश गरिएको हो।

सिफारिस भएका यी नाम आजै मुख्यमन्त्री यामलाल कँडेललाई बुझाउने तयारी रहेको पनि सिंहले जानकारी दिए। माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.