|

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन्।

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरेका हुन्।

शुक्रवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा प्रवक्ता महतले बिना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गरे। 

उनले कम्पनीको स्ट्रेन्थ नै नभएका बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दावी पनि गरे। 

उनले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई पनि अपिल गरे। प्रवक्ता महतले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भए पनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.