|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम गर्ने नीतिमा अडिग रहेको र सोहीअनुसार अघि बढ्ने बताएका छन्।

पार्टीसम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले आज आयोजना गरेको कार्यक्रममा नेता पुनले सुशासन कायम गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको र सोही विषयलाई लिएर जनतामा जाने जानकारी दिए।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरू रहेको उल्लेख गरे।

“पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्ष सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । सरकारबाट बाहिरिँदा माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्”, उनले भने।

नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधन भए सफल हुन नदिइने बताए। 

त्यस अवसरमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले सरकारमा छँदा आफूहरुले गरेका सकारात्मक कामको अनुभवसहित जनतामा जानुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.