|

काठमाडौं :  पेरिस ओलम्पिक २०२४ अन्तरगत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

गएराति भएको खेलमा ब्राजिललाई हराउँदै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो। ब्राजिलले फ्रान्सलाई १-० ले स्तब्ध बनायो।

यस्तै अमेरिकासँग जापान पराजित भयो। यस्तै जर्मनीसँग क्यानडा पराजित हुँदा स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो। सेमिफाइनलको पहिलो खेल मंगलबार अमेरिकाले जर्मनीसँग खेल्दा स्पेनले ब्राजिलको सामना गर्नेछ।

कसले कति पदक जिते

पेरिस ओलम्पिकको आठौं दिन सकिँदा चीन १६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा कायमै छ।

चीनले अहिलेसम्म १६ स्वर्ण १२ रजत र ९ कांस्यसहित कुल ३७ पदक जितेको छ। शनिबार चीनले थप ३ स्वर्ण जितेको थियो। एकै दिन पाँच स्वर्ण जितेपछि अमेरिका चौंथो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ।

दुई स्थान सुधार गरेको अमेरिकाको नाममा १५ स्वर्ण २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेको छ। फ्रान्स एक स्थान तल झरेको छ। तेस्रो स्थानमा रहेको आयोजक टोलीले अहिलेसम्म १२ स्वर्ण १४ रजत १५ कांस्य जितेको छ। समान १२ स्वर्णसहित ८ रजत र ७ कांस्य जितेको अस्ट्रेलियो चौंथो स्थानमा छ। पाँचौं स्थानमा रहेको ग्रेट ब्रिटेनले १० स्वर्णसहित कुल ३३ पदक जितेको छ।

जापानलाई पछि पार्दै दक्षिण कोरिया छैठौं स्थानमा उक्लिएको छ। उसको नाममा ९ स्वर्णसहित २१ पदक छ । जापान र इटाली क्रमश: सातौं र आठौं स्थानमा छन्।

पेरिस ओलम्पिक २०२४ मा आज थप २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा सहभागी २ सय ६ देश मध्य ४१ देशले कम्तिमा १ स्वर्णपदक जितेका छन्। यसैगरी ६३ देशले पदकको खाता खोलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.