|

काठमाडौँ : प्यूठानमा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार गौमुखी गाउँपालिका-५ खुंग्रीका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर हैजाका संक्रमित २७ जना पुगेका छन्। यसअघि काठमाडौं ललितपुर र कैलालीमा हैजा संक्रमण पुष्टि भएको थियो। यो वर्ष सबैभन्दा धेरै ललितपुरमा हैजाका संक्रमित भेटिएका छन्। 

आज प्यूठानमा भेटिएका केही दिनअविरामी भई उपचार गराइरहेका उनीहरूमा हैजाको संक्रमण पुष्टि भएको हो। चारजना विरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल ल्याइएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.