|

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीयको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।

उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

ऊर्जामन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा मनोनीत गरिएको हो। 

नवनियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव तथा गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.