काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा देशभरि आज दिउँसोसम्म १५३ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५३ जनाको मृत्यु भएको हो।
उनका अनुसार बाढीपहिरोबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घाइते भएका छन्।
बाढीपहिरोबाट काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १०८ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
उनले भने, “आजसम्म बाढीपहिरोबाट कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ४७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ।”
बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन्। बाढी पहिरोकै कारण २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
बाढीपहिरोले आजसम्म ७४३ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २३८ घर परिवार विस्थापित भएको प्रवक्ता कार्कीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।