|
बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावास। तस्वीर सौजन्य : ढाकास्थित नेपाली दूतावास।

काठमाडौँ : बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र नेपाल फर्कन दूतावास आग्रह गरेको हो।

बंगलादेशमा चिकित्साशास्त्रको अध्ययन गर्न गएका नेपाली विद्यार्थीमध्ये करिब ४ सय विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ। बंगलादेशमा अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किसकेको पनि दूतावासले जनाएको छ।

‘‘बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४ सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ‚’’ राजदूतावासले भनेको छ।

राजधानी ढाकासहित बंगलादेशका अधिकांश ठाउँमा आइतवार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बंगलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।

दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुईवटा टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ।

नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर दूतावासको सहयोग लिन सक्ने पनि दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.