|

विराटनगर : पूर्वप्रधानमन्त्री एवम् नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचौलिया र दलालको प्रभावमा राज्यलाई अर्बौँ नोक्सानी हुनेगरी विद्युत महशुल छुट दिने प्रयास भइरहेको आरोप लगाएका छन्।

उनले आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। राज्यको सम्पत्ति छुट दिने प्रयास स्वीकार्य नभएको बताउँदै उनले  संसदमा र लेख समितिमा पनि यो विषय गम्भीरताका साथ उठेको बताए। 

’सरकारले अर्बौँ राज्यको सम्पत्ति छुट दिने दुश्साहस नगरोस्, सरकार र लेखा समितिका सभापतिको बाटो गलत छ’ आर्कोसित हुँदै उनले भने, ‘त्यसविरुद्ध हामी सशक्त रुपमा उभिन्छौँ।’

सरकारले र लेखा समितिका सभापतिले गरिरहेको गतिविधिबारे जानकारी रहेको भन्दै अध्यक्ष प्रचण्डले बहुमतको आडमा जबरजस्ती गर्ने प्रयास भए दुर्भाग्य हुने चेतावनी समेत दिए।  संसदीय परम्परा अनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने भएकाले माओवादी केन्द्रले सभापति पाउनुपर्ने उनको भनाइ छ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूहरू संविधान संशोधनको विरोधी नभए पनि प्राप्त उपलब्धि रक्षा गर्दै जनतालाई अझै अधिकार सम्पन्न बनाउनुपर्ने पक्षमा रहेको बताएका छन्। जनताको अधिकार कटौती गर्ने प्रयत्न भएको अवस्थाम भने सैह्य नहुने भन्दै उनले सडकमा गएर त्यसको प्रतिवाद गर्ने चेतावनी दिए।
 
दुई पार्टी मात्र मिलेर संविधान संशोधन नहुने भन्दै प्रचण्डले यो विषय प्रतिनिधिसभा र राष्ट्रियसभाले गरेर मात्र पनि नहुने बताए। आफू प्रधानमन्त्री हुँदै टिआरसी टुंगो लगाउन कार्यदल गठन भएको बताउँदै प्रचण्डले कार्यदलमा जुटेको सहमति अब समितिमा गएर फुल हाउस हुँदै पारित हुने बताए।

बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यसबारे डिटेलमा बुझ्न नपाएको भए पनि बहुमत छ, जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण हुने सन्देश दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.