|

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै उनले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए।

उनले भने, “बजेट शून्यताको अन्त्य गर्न सचिवहरुसँग छलफल गरेर राजस्व संकलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौँ।” 

आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्न ढिलाइ भएपछि प्रदेशमा यही साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारमातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरेका छन्।  

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ। 

प्रदेशका सरकारी अस्पतालमा विरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन्।

यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ। 

उनले प्रदेशका नागरिकको विपद् जोखिम दुर्घटना बीमा गर्ने निर्णय गरेको जनाइएको छ। कार्यक्रम सञ्चालनका लागि अध्ययन गरी आवश्यक निर्णय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.