इलाम : जर्मनीको बर्लिनमा सन् १९३६ मा आयोजित ग्रीष्मकालीन ओलम्पिक धेरै विवादबीच सम्पन्न भयो।
उक्त समय जर्मनीमा एडोल्फ हिटलरको शासनकाल चरम सीमामा थियो र हिटलरले व्यक्तिगत रूपमा नाजी पार्टीको सर्वोच्चताको विचारलाई बढावा दिने तरिकाको रूपमा हेरेका थिए।
आधिकारिक नाजी पार्टी पेपर, भोल्किशर बेओबाच्टरले कडा शब्दमा यहुदी र अश्वेत मानिसहरूलाई खेलहरूमा भाग लिन दिनु नहुने उल्लेख गरेको थियो।
नाजी सोचका कारण धेरै देशहरूले प्रतियोगिता बहिष्कार गर्ने धारणासमेत सार्वजनिक गरे। नैतिक आधारमा मात्र नभएर यहुदी खेलाडीहरुको सुरक्षाबारेमा समेत गम्भिर चिन्ता सृजना भइरहेको थियो।
सन् १९३१ मा बेल्जियमका काउन्ट हेनरी बेलेट लाटोरेको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले बर्लिनलाई सन् १९३६ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न दिने निर्णय गर्यो।
त्यसको २ वर्षपछि (३० जनवरी १९३३) नाजी नेता एडोल्फ हिटलर जर्मनको चान्सलर बने। उनले तुरुन्तै देशको कमजोर लोकतन्त्रलाई एकदलीय तानाशाहीमा परिणत गरे।
प्रहरीले हजारौँ राजनीतिक विपक्षीहरूलाई गिरफ्तार गर्यो, तिनीहरूलाई यातना शिविरहरूमा बिना परीक्षण हिरासतमा राख्यो।
नाजी शासनले जर्मनिक ‘आर्यन’ जनसंख्यालाई शुद्ध र बलियो बनाउने उद्देश्यले जातीय नीतिहरू पनि लागू गरेको थियो। जर्मनीका डेढ लाख यहुदीहरूलाई जर्मन जीवनका सबै पक्षबाट बहिष्कार गर्न अथक अभियान शुरु भयो।
हिटलरले आर्थिक अवसाद, सामाजिक अशान्ति र राजनीतिक अस्थिरताबाट ग्रस्त राष्ट्रमा व्यवस्था ल्याउने अपेक्षा थियो। तर हिटलरको फासीवादको ब्रान्डले धेरै तत्वहरूलाई जोडेको थियो जसमा चरम राष्ट्रवाद, सैन्यवाद, नस्लवाद र सेमिटिज्म (यहुदीविरोधी भावना) थिए।
जसको डर बर्लिन ओलम्पिकमा यहुदी खेलाडीहरुमा थियो। फासीवादको ब्रान्डका बीचमा पनि ओलम्पिक सफलतापूर्वक आयोजना मात्र भएन केही प्रेरणादायक क्षणमार्फत् चम्कन सफल रह्यो।
अफ्रिकी-अमेरिकी स्प्रिन्टर जेसी ओवेन्सले ४ स्वर्ण पदक जिते र २ जापानी एथ्लिटले ओलम्पिक इतिहासमा ‘मित्रताको पदक’ स्थापित गराए।
८८ वर्षअघि २५ हजार दर्शकबीच पोल भल्टमा अमेरिकाका इर्ले मिडोले पार गरेको ४.३५ मिटरको उचाइ स्वर्ण पदक जित्नका लागि पर्याप्त रह्यो।
तीन खेलाडीले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा जापानका सु ओई र शुहेई निशिदासँगै अमेरिकाका बिल सेफ्टन थिए।
सेफ्टनले निर्धारित उचाइ पार गर्न सकेनन्‚ जापानी दुवै खेलाडीले उचाइ पार गरेका थिए। तर निशिदा र ओईले समान नतिजा हासिल गरे। उनीहरुबीच रजत पदक कसले जित्यो भन्ने निर्क्यौल हुन बाँकी थियो।
दुवै खेलाडीले ४.२५ मिटर उचाइ पार गरेका थिए। निर्णायकहरुले रजत पदकका लागि फेरि प्रतिस्पर्धा गराउन चाहेका थिए तर दुवै जापानी खेलाडीले अस्वीकार गरे।
यो जोडी विश्व स्तरीय खेलाडीमात्र थिएन, उनीहरु घनिष्ठ व्यक्तिगत साथी पनि थिए। त्यसैले एकअर्काको खेल कौशलको सम्मान गर्दै ओलम्पिक आयोजकहरूलाई रजत पदक साझा गर्न प्रस्ताव गरे।
तर आयोजकले उनीहरुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदियो। जापानी टोलीलाई कुन पदक लिएर घर फर्किने भन्ने निर्णय गर्न भनिएको थियो।
छलफलपछि निशिदाले रजत पदक लिने निर्णय भयो। यो निर्णय कसरी आयो भनेर धेरै सिद्धान्त थिए। केहीले ओईले आफ्नो दोस्रो प्रयासमा ४.२५ मिटर उचाइ क्लियर गरे भने जबकि निशिदाले पहिलो पटकमा गरेका कारण उनलाई रजत दिने ओलम्पिक कमिटीको निर्णय भएको केहीले बताए।
अर्कोतर्फ निशिदाको उमेरले निर्णयमा योगदान गरेको दावी पनि कतिपयले गरेका छन्। ओई ४ वर्ष कान्छो भएकाले उनले आफ्नो “सेनपाइ“ (गुरु/मार्गदर्शक) भएको कारण आदर देखाएको बताइएको छ।
अर्कोतर्फ केइओ विश्वविद्यालयका विद्यार्थी ओई कान्छो खेलाडी भएकाले उनले अर्को ओलम्पिकमा स्वर्ण जित्ने सम्भावना बढी भएकाले निशिदालाई रजत पदक दिएर आफूले काँस्य लिएसमेत भनिएको छ। यी सबै दावी दुवै एथ्लिटले के गरे त्यससँग बाझिएको छ।
प्रतियोगिताको आधिकारिक नतिजाबाट स्पष्ट रूपमा खुशी नदेखिएपछि उनीहरु दुवैजना आफैँ निर्णय गर्ने मोडमा पुगे। जापान फर्केपछि निशिदा र ओई एकजना सुनारकोमा गएर दुवै पदकलाई आधा भागमा काट्ने निर्णय गरे।
त्यसपछि रजत र काँस्य पदकलाई एकसाथ जोडेर दुई पुरस्कार सिर्जना गरे जुन उनीहरूको वास्तविक उपलब्धिलाई झल्काउने देखिन्थ्यो।
उनीहरुले प्रत्येक खेलाडीको लागि एक हाइब्रिड रजत–काँस्य पदक बनाए। यी दुई पदकहरू अन्ततः “मित्रताको पदक“ भनेर चिनिन थाल्यो।
उनीहरू प्रतिस्पर्धी थिएनन् भन्ने होइन। निशिदा र ओईले सन् १९४० ओलम्पिकमा पुनः खेल्ने योजना बनाइरहेका थिए, जुन फिन्ल्यान्डको हेलसिंकीमा सर्नुअघि टोकियोमा हुने भनिएको थियो।
अन्ततः दोस्रो विश्वयुद्धको प्रकोपको कारणले ओलम्पिक रद्द नै भएको थियो। ओलम्पिकमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने दुई खेलाडीले अर्को मौका सन् १९५२ मा पाउने थिए।
तर सन् १९३९ मा शाही जापानी सेनामा भर्ना भएका ओई दोश्रो विश्वयुद्धका क्रममा २४ डिसेम्बर १९४१ मा लुजोनमा मारिए। ८७ वर्षसम्म बाँचेका निशिदाको सन् १९९७ मा हृदयघातका कारण मृत्यु भयो।
सन् २००५ मा जापान एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेसन जसको मानार्थ उपाध्यक्षको रुपमा निशिदा रहेका थिए।
उनले आफूले अध्ययन गरेको वासेडा विश्वविद्यालयलाई मित्रता पदक दान गरे। त्यो आज पनि विश्वविद्यालयमा सुरक्षित रहेको छ।
‘मित्रताको पदक’ ले प्रतिस्पर्धामात्र ओलम्पिकको लक्ष्य नभएर शान्ति र मित्रताको लागि पनि हो भन्ने सन्देश प्रवाह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।