|

बाग्लुङ : पहिरोमा पुरिएर बागलुङको बडिगाडमा ८ जनाको मृत्यु भएको छ भने चार बालक बेपत्ता छन्।

मंगलबार बिहान पहिरोले घर पुरिँदा बडिगाड गाउँपालिका–१० मा ६ जना र बडिगाड गाउँपालिका–९ मा २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

पहिरोमा परी मृत्यु हुनेमा बडिगाड गाउँपालिका–१० का ७ वर्षीया मालती बुढा,  १३ वर्षका मनोज बुढा, अमन बुढा, मैतीदेवी विक र एक ६ वर्षीया बालिका रहेका छन्। एक जना घाइतेको गएराति नै निधन भएको जिल्ला प्रशासन कार्यालय बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रखर बरालले जानकारी दिए। यस्तै चार जना बालक बेपत्ता रहेको उनको भनाइ छ। बेपत्ता हुनेमा ७ वर्षीय मधु बुढा, १० वर्षीय  मनोज बुढा, ३ वर्षीय अमन थापा र १४ वर्षका सुजन विक रहेका छन्। उनीहरुको खोजी भइरहेको छ।

त्यसैगरी बडिगाड गाउँपालिका–९ मा पहिरोमा परी १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको सहायक प्रजिअ बरालले बताए।

पहिरोमा पुरिएका घरबाट चार जनाको जिवितै उद्धार गरिएको छ। घाइतेमध्ये  गम्भीर रहेका चार जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.