|

काठमाडौं :  विदेश पठाउने भनेर झण्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित ओम इन्टरन्याशनल प्रालिका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो। सिराहाको करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यले बताए।

ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए। उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए।

विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ। सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए।

युवाबाट रकम लिएपछि पनि युवालाई विदेश पठाएका थिएनन्। पैसा उठाएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि युवाले प्रहरीमा उजुरी दिएका थिए।

साउन २१ मा पक्राउ परेका उनलाई ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले बुधबार वैदेशिक रोजगार विभागलाई बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.